२०८१ आश्विन ८ , मंगलबार

गुरुको आसन सधैँ माथि

सुनाखरी न्युज/ काठमाडौं । बुद्धका शिष्य आनन्दले उनलाई सोधे- ज्ञान बाँड्ने बेलामा तपाईं माथि बसेर हामीलाई तल भुइँमा किन बसाउनुहुन्छ ? बुद्धले उत्तर दिए- आनन्द, तिमीले कहिल्यै झरनाको पानी पिएका छौ ?पिएको छु, धेरै पटक ।

तिमीले झरनाभन्दा माथि उभिएर पानी पिएका थियौ वा तल उभिएर ? झरनाको पानी माथिबाट तल झर्छ । पानी पिउने मानिसले त तलतिर बसेर मात्रै पिउन सक्छ । त्यसो भए झरनालाई सधैँ माथिबाट तल बग्नुपर्ने हुन्छ ।

 

आनन्दले गहिराइबाट विचार गरे र बुद्धप्रति नतमस्तक भए । केही समयपछि बुद्धले भने- त्यसैले जसले ग्रहण गर्छ, उसले तल बसेर नै ज्ञान हासिल गर्छ । यही कारण हो, गुरुको आसन सधैँ माथि हुन्छ ।