२०८१ पुष १४ , आइतवार

फुटबल खेलाडीलाई मृत्युदण्ड

 

सुनाखरी न्युज / इरान– इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई फाँसीको सजाय सुनाएको छ । महिला अधिकारको पक्षमा उभिएको भन्दै फुटबल खेलाडीलाई मृत्युदण्ड सजाय सुनाएको छ ।

२६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको हत्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए । २२ वर्षीय अमिनीको हिरासतमै निधन भएको थियो ।

 

फिफप्रो आधिकारीक ट्वीटरमा भनिएको छ, ‘व्यवसायिक फुटबल खेलाडी अमिर नसर–अजादानीले आफ्नो देशमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको लागि अभियान गरेपछि सजाय दिने सरकारी निर्णयप्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ फिफप्रो ले आपत्ति जइरानमा मृत्युदण्डको सामना गर्नुपरेको समाचारले फिफप्रो स्तब्ध भएको छ ।