२०८१ आश्विन ६ , आइतवार

उषा खड्गीका पूर्वपति जीपीले गरे दोस्रो विवाह

सुनाखरी न्युज/ काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र उनका पूर्वपति जीपी तिमिल्सेनाबीच मनमुटाव चर्किएको छ । सम्बन्धविच्छेद भइसके पनि कानुनी रुपमा सम्पत्ति बाँडफाँटको मुद्दा किनारा नलाग्दै जीपीले दोस्रो विवाह गरेका छन् ।

सम्बन्धविच्छेद भएको ६ महिना नपुग्दै जीपीले मंसिर १९ गते प्रेमिका सविना अधिकारीसँग धुमधामले विवाह गरे । गत जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा जीपी र उषाबीच सम्बन्धविच्छेद भएको थियो । सम्पत्ति बाँडफाँटमा अदालतको फैसला चित्त नबुझेपछि जीपीले उच्च अदालतमा पुनरावेदन दिएका थिए । अहिलेसम्म यो मुद्दाको छिनोफानो भएको छैन । अंश मुद्दाको फैसला नआउँदै जीपीले अर्को विवाह गरेपछि उषाले आफूमाथि अन्याय भएको बताएकी छन् ।‘पूर्वपतिबाट मैले एक पैसा पनि अंश पाएकी छैन । म अन्यायमा परें । उहाँले कानुन मिचेर बढ्नुभयो । अंशबण्डा नहुँदै अर्को विवाह गरेर उहाँले अन्याय गर्नुभएको छ, मलाई दोस्रो विवाहमा आपत्ति छैन तर अंशबण्डा छुट्याउनुपर्छ ।

जीपीले भने यसबारे प्रतिक्रिया दिन चाहेनन् । ‘यो मेरो निजी जिन्दगीको कुरा हो । हामी आफैं कानुनी रुपमा अघि बढेका छौं । यो चीजलाई त्यति भ्यालु नदिऔं । यसमा मेरो कुनै कमेन्ट छैन,’ जीपीले भने । सम्बन्धविच्छेद भइसके पनि जीपी र उषा अहिले भक्तपुर लोकन्थलीस्थित घरमा सँगै बस्दै आइरहेका छन् । तेस्रो तल्लामा जीपी र दोस्रो तल्लामा दुई छोरासँगै उषा बस्छिन् । त्यही घरमा जीपीले दुलही भित्र्याएका हुन्