२०८१ आश्विन ६ , आइतवार

अभिनेता राजपालको स्कुटरले विद्यार्थीलाई ठक्कर दिएपछि पुलिसमा पर्‍यो उजुरी

 

सुनाखरी न्युज / राजपाल यादवले हालसम्म ‘भूल भुलैया’, ‘डोल’, ‘फिर हेरा फेरी’, ‘भागम भाग’ जस्ता धेरै उत्कृष्ट फिल्ममा काम गरेर आफ्नो अभिनयको जादू चलाइसकेका छन्। यसपटक उनी आफ्नो कुनै फिल्मका कारण चर्चामा आएका होइनन्।

 

हालै राजपाल यादव उत्तर प्रदेशको प्रयागराजको कटरा क्षेत्रमा आफ्नो नयाँ फिल्म ‘लक्ष्मी टकीज’ को सुटिङमा व्यस्त थिए। यस क्रममा उनलाई एउटा दृश्य दिइएको थियो जसमा उनले स्कुटर चढ्नुपरेको थियो। प्रहरीले भन्यो, ‘अभिनेता यादव क्लचको तार चुँडिएको पुरानो स्कुटरमा सवार थिए । अन्जान विद्यार्थीलाई स्कुटरले ठक्कर दिए। विद्यार्थीलाई गम्भीर चोट भने लागेको छैन । हामी घटनाको अनुसन्धान गरिरहेका छौं।

सुटिङ चलिरहेको बेला राजपालले नियन्त्रण गुमाएर विद्यार्थीलाई ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । रिपोर्टका अनुसार, विद्यार्थीले फिल्मको टोलीले दुव्र्यवहार गरेको भन्दै उजुरी दिएका छन् ।यसैबीच प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। एजेन्सी