२०८१ मंसिर ९ , आइतवार

विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा

सुनाखरी न्युज/ काठमाडौं । दुईपटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० को सानदार जीत निकाल्दै उपाधी भिडन्तमा स्थान पक्का बनाएको हो ।

 

लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कप्तान लियोनल मेस्सीले एक गोल र जुलियन अल्भारेजले दुई गोल गरेका थिए । क्रोएसियाले पहिलो हाफ दवाब बनाएपनि खेलको चौतीसौं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

 

खेलको ३९औं मिनेटमा काउन्टर एट्याकमा अल्भारेजले वान टु वानको स्थितिमा अर्को गोल गर्दै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफ २-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा बल पकट बलियो बनाउँदै क्रोएसियालाई अबसर सिर्जना गर्न दिएन खेलको ६९औं मिनेटमा मेस्सीले दिएको कट ब्याकमा अल्भारेजले सुन्दर गोल गर्दै अर्जेन्टिनाको जीत निश्चित गरेका थिए ।

 

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा एघार गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम दर्ता गराएका छन् । फिफा विश्वकप २०२२ को फाइनल उपाधीका लागि अब अर्जेन्टिनाले दोस्रो सेमिफाइनलको विजेता फ्रान्स वा मोरक्कोसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज मध्यराती १२.४५ बजे साविक विजेता फ्रान्स र अफ्रिकी राष्ट्र मोरक्कोबीच अल बायत रंगलशालामा खेलिंदैछ ।