२०८१ आश्विन ६ , आइतवार

‘चि मुसी चि’ को टिजर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । मर्ण जेम्स र यश सैनी निर्देशित हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’ : इभन डेड डिजायर बिलङ्गि ग’को टिजर सार्वजनिक भएको छ । टिजरमा थ्रिल, सस्पेन्स र हररको समिश्रण देखाइएको छ ।

 

पुस २२ बाट प्रदर्शनमा आउने चलचित्र अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार गरिएकाे हाे । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा मूख्य भूमिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रहेको छ भने ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टकोसमेत अभिनय देख्न सकिन्छ ।

 

चलचित्रकाे टिजर ओ एस आर डिजिटलबाट मंगलबार सार्वजनिक गरिएको हो ।

 

 

 

 

‘चि मुसी चि’ को टिजर सार्वजनिक