२०८१ मंसिर ११ , मंगलबार

न्यूजिल्याण्डमा सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध

सुनाखरी न्युज/ काठमाडौं । न्यूजिल्याण्डमा सन् २००८ पछि जन्मिएकाहरुलाई सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने गरी कानून पारित गरेको छ । त्यहाँको संसदले मुलुकलाई सुर्तीजन्य पदार्थ मुक्त बनाउने गरि कानून निर्माण गरेको हो ।

 

अर्को वर्ष देखि चुरोट लगायत सुर्तिजन्य पदार्थहरुको प्रयोग क्रमश घटाउदै लगेर शून्यमा पुर्याउने लक्ष्य कानूनले लिएको छ । हाल पारित भएको कानूनअनुसार सन् २०५० मा चुरोटको प्रयोग गर्न पाउने कान्छो पुस्ता भनेको ४० वर्ष उमेरको हुनेछ ।

 

संसदमा सुर्तीजन्य पदार्थ प्रयोग माथिको प्रतिवन्ध सम्बन्धी विधेयक पेस गर्दै स्वास्थ्य मन्त्री आएशा भरेलले सुर्तीमुक्त मुलुक बनाउने अभियानको पहल थालिएको बताउनुभएको छ । यो प्रयासले मानिसहरु स्वस्थ भइ उनीहरुको आयु पनि बढ्ने अपेक्षा सरकारको छ ।