२०८१ पुष २८ , आइतवार

डिजिटल बैंकिङमा एनआइसी एशिया बैंक सबैभन्दा अगाडि

सुनाखरी न्युज/ काठमाडौं ।
मुलुकमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरू मध्ये डिजिटल बैंकिङमा एनआइसी एशिया बैंक सबैभन्दा अगाडि रहेको  छ। एनआइसी एशिया बैंकको मोबाइल एप ‘एनआइसी एशिया मोबैंक’ १७ लाखभन्दा धेरै डाउनलोड भएको छ।

यस मोबाइल एपमा दर्जनौं सुविधाहरू छन्। जसबाट धेरै काम गर्न सकिन्छ। त्यस्तै, इन्टरनेट बैंकिङ सेवाबाट पनि अधिकांस सेवा उपलब्ध गराएको छ। बैंकको वेबसाइट एनआइसी एशिया बैंक डट कमबाट पनि धेरै काम गर्न सकिन्छ। यहाँ रहेको आइसर्भ भन्ने अप्सनमा घरबाटै काम गर्न सकिने धेरै सुविधाहरू राखिएका छन्।

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले यस बैंकको डिजिटल सेवा सबैभन्दा उत्कृष्ट रहेको बताए। मोबाइल एप, आइसर्भदेखि वेबसाइटमा रहेको विभिन्न सुविधाहरूबाट अधिकांश काम घरमै बसेर गर्न सकिने उनी बताउँछन्।

‘हामीले मुलुककै सबैभन्दा उत्कृष्ट डिजिटल बैंकिङ सेवा दिइरहेका छौं,’ सिइओ न्यौपानेले भने, ‘मोबाइल एप र वेवासाइटबाट बैंकसँग सम्बन्धित अधिकांश काम गर्न सकिन्छ।’

१. ‘अप्लाइन नाओ’ भित्र ११ सेवा

एनआइसी एशिया बैंकको वेबसाइटमा गएपछि बैंकको वेबसाइट खुल्छ। गृह पृष्ठमा विभिन्न जानकारी, सूचना र सेवाहरू राखिएका छन्। वेबसाइटको सबैभन्दा माथि दायाँ भागमा ‘आइसर्भ’ र ‘अप्लाइ नाओ’ भन्ने अप्सन छन्।

‘अप्लाइ नाओ’ अप्सनभित्र ११ वटा अप्सन छन्। सबैभन्दा माथि छ, ओपन अनलाइन अकाउन्ट। यसमा गएर फर्म भरेपछि घरमै बसिबसि बैंकको कुनै पनि खाता खोल्न सकिन्छ। पाँच मिनेटमा बैंकको विभिन्न किसिमका १४ प्रकारका खाता खोल्न सकिन्छ।

त्यस्तै, यही रहेको सेभिङ अकाउन्ट भन्ने अप्सनबाट भित्र गएर पनि यी खाताको बारेमा डिटेल जानकारी लिने र त्यहीबाट खाता खोल्न सकिन्छ। त्यसपछि छ, अनलाइन फिक्स्ड डिपोजिट। यदि तपाईंले आफ्नो बैंकको रकमलाई फिक्स्ड डिपोजिटमा राख्न चाहनुहुन्छ भने यसबाट गर्न सक्नुहुन्छ।

अर्को अप्सन छ, अनलाइन क्रेडिट कार्ड। अनलाइनबाटै क्रेडिट कार्ड अप्लाइ गन सकिन्छ। त्यसपछि आफूले रोजेको नजिकको शाखाबाट उक्त कार्ड लिन सकिन्छ। सेयरको कारोबार गर्न चाहनेहरूका लागि अनलाइनबाट डिम्याट खाता खोल्न सक्नुहुन्छ। यसको साथै, मेरो सेयर खाता खोल्न सक्नुहुन्छ र अनलाइनबाटै सीआरएन नम्बर रिक्वेष्ट गर्न सक्नुहुन्छ। यहाँ अप्लाइ सेयर भन्ने अप्सन छ। यसबाट सेयर भर्नको लागि फर्म भर्न सक्नुहुन्छ।

अर्को महत्वपूर्ण अप्सन छ ‘इस्टावाइ’। यहाँबाट क्रेडिट कार्डमा लोन लिन सक्नुहुन्छ। कति समयको लागि कति व्याज सबै भरेर ऋण लिन सकिने सुविधा इन्स्टावाई हो। ऋण लिने अर्को पनि अप्सन छ, ‘एप्लाइ लोन’। यदि तपाईंले एनआइसी एशिया बैंकबाट ऋण लिन चाहनुहुन्छ भने यहाँबाट अनुरोध पठाउन सक्नुहुन्छ।

अर्को एक अप्सन छ ‘वि अ मर्चेन्ट’। यो भनेको कुनै पनि संघ, संस्था, व्यवसायहरूका लागि हो। जसले एनआइसी एशिया बैंकको विभिन्न अनलाइन च्यानल प्रयोग गरेर आफ्ना ग्राहकको लागि सेवा सुविधा दिन चाहन्छ। जस्तो कि क्युआर, पोइन्ट अफ सेल, डिस्काउन्ट टाइअप, कार्ड पेमेन्ट गेटवे, क्विक पे जस्ता सेवाहरू यसमा रहेकाछन्।

यहाँबाट ऋण लिएको र आफ्नो खातामा रहेको पैसाको हिसाब किताब गर्न सकिने टुल्सहरू पनि रहेका छन्। जस्तो कि लोन ‘बेनिफिट क्यालकुलेटर’ भन्ने छ। यहाँबाट आफूले कुनै पनि बैंकमा लिएको ऋण, ब्याज, ब्याज बुझाउने समय, इएमआई लगायतका कुराहरू हिसाब गरेर निकाल्न सकिन्छ। साथै, एनआइसी एशिया बैंक र अन्य बैंकसँग तुलना गर्न पनि सकिन्छ। कुनबाट फाइदा छ भनेर पनि तत्कालै हेर्न सकिन्छ। त्यस्तै, ‘सेभिङ अकाउन्ट बेनिफिट क्यालकुलेटर’ भन्ने टुल्स छ। यहाँबाट सेभिङ अकाउन्टमा राखेको पैसाको रकम कति पाइन्छ भनेर हेर्न सकिन्छ।

२. बरो लोन

अनलाईन एप्लिकेसनभित्र रहेको यी सुविधाबाहेक वेबसाइटमा ‘बरो लोन’ भन्ने अप्सन छ। यहाँबाट विभिन्न किसिमको ऋणको लागि अनुरोध गर्न सक्नुहुन्छ। यहाँबाट शेयर धितो कर्जा, एजुकेशन लोन, पर्सनल लोन, अटो लोन, प्रोपर्टी लोन, ओभर ड्राफ्ट लोन, कृषि लोन, विपन्न वर्ग कर्जाको लागि अनुरोध गर्न सक्नुहुन्छ।

३. डिजिलट बैंकिङ अनलाईन सर्भिस

एनआइसी एशिया बैंकको वेबसाइटमा उपलब्ध अर्को सेवा हो, डिजिटल बैंकिङ अनलाईन सर्भिस। यो शीर्षक भित्र विभिन्न अप्सनहरू रहेका छन्। डिजिटल बैंकिङबाट इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्युआर मर्चेन्ट पेमेन्ट, भाइबर बैंकिङ र आइभीआर एण्ड मर्चेन्ट बैंकिङ रहेका छन्।

४. विभिन्न कार्डहरू अनुरोध

एनआइसी एशिया बैंकले आफ्ना ग्राहकलाई धेरै भन्दा धेरै सुविधा होस् भनेर अनलाइनबाटै विभिन्न कार्डहरूको लागि अनुरोध गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। जस्तो कि भिसा डेभिट कार्ड, भिसा क्रेडिटकार्ड, इन्टरनेसनल प्रि–पेड कार्ड, एनआइसी एशिया एफसीवाई फ्रिडम कार्ड, इस्टा बाई, इन्टरनेसनल प्रि–पेड डलर कार्डहरूको लागि यहाँबाट अनुरोध गर्न सकिन्छ।

आवेदन पछि कार्ड लिनको लागि भने नजिकैको आफूले चाहेको शाखाबाट लिन सकिन्छ। बैंकले नेपालमै पहिलो पटक ‘क्विक पे’ सेवा ल्याएको छ। पेमेन्ट लिंक सेयर गरेर पेमेन्ट लिने हो। पेमेन्ट लिंक जेनेरेट गर्ने, ग्राहकसँग सेयर गर्ने र त्यही लिंकको आधारमा पेमेन्ट लिने।

त्यस्तै, इ(कमर्स एक्टिभेसनमा गएर डेभिट र क्रेडिट कार्डमा अनलाइन सपिङको लागि एक्टिभेसन गर्न सकिन्छ। यसरी कार्ड एक्टिभ गरेपछि बैंक अन्य मर्चेन्टहरूले अनलाइन सपिङमा दिएका सुविधाहरूलाई, छुटको सुविधा प्रयोग गर्न सकिन्छ। यहाँ कार्ड वेस इन्टरनेट पेमेन्ट गेटवे पनि रहेको छ। यो भनेको मोबाइल एप्लिकेसन र इन्टरनेट पेमेन्टको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ।

५. आइसर्भमा २४ सेवा

‘आइसर्भ’ एनआइसी एशिया बैंकको यस्तो डिजिटल प्लेटफर्म जहाँ हरेक ग्राहकले घरमै बसिबसि २४ वटा सेवा प्राप्त गर्न सक्छन्। आईसर्भ प्लेटफर्म बैंकको वेबसाइट र बैंकको मोबाइल एप ९एनआइसी एशिया मोबैंक०बाट प्रयोग गर्न सकिन्छ। आइसर्भभित्र मुख्य चारवटा डोमेनहरू मोबाइल बैंकिङ सेवा, कस्टुमर सर्भिस, टेलर सर्भिस र कार्ड सर्भिस छन्।

मोबाइल बैंकिङबाट रजिष्ट्रेसन, नवीकरण, पिन रिसेट, मोबाइल बैंकिङ ब्लक र अनब्लक गर्न सकिने सुविधाहरू रहेका छन्। त्यस्तै, कस्टुमर सर्भिसमा ९ वटा सेवाहरू राखिएको छ। यहाँबाट ब्यालेन्स हेर्न, व्यालेन्स सर्टिफिकेट रिक्वेष्ट गर्न, स्टेटमेन्ट रिक्वेष्ट र चेक रिक्वेष्ट गर्न सकिन्छ। साथै, मेरो सेयर र सिआरएन लिन, मर्चेन्ट इनरोलमेन्ट, चेक स्टप पेमेन्ट, स्किम ट्रान्सफर र लकरको सेवा लिन पनि यहीबाट लिनसकिन्छ।

बैंकको टेलर सेवा भन्नाले नगद डिपोजिट गर्ने र नगद झिक्ने सेवा हो तर बैंकले लाइन नबसिकन डिपोजिट गर्ने अप्सन निकालेको छ। यसको लागि टेलर सेवा भित्र दुई अप्सन छन्। चेक डिपोजिट रिक्वेस्ट र क्यास डिपोजिट रिक्वेस्ट। यी सुविधाको फाइदा भनेको घरमै बसेर भौचर भर्न मिल्छ। ग्राहकले भौचर भरिसकेपछि कोड नम्बर मोबाइलमा आउँछ।

त्यो कोड नम्बर लिएर ग्राहक बैंकमा जानुपर्छ। उक्त कोड डिपोजिट काउन्टरमा दिने र त्यसरी कोड लिएर आउने ग्राहकलाई पालो नकुरिकन सेवा दिने व्यवस्था बैंकले गरेको छ। नगद झिक्न भने भौचरबाट सम्भव देखिएन। यसको लागि अर्को अप्सन छ, स्मार्ट टेलर। बैकले चार वर्षअघि नै ल्याएको स्मार्ट टेलरमा मोबाइलबाट क्युआर कोड स्क्यान गर्ने र त्यहाँबाट क्यास लिन सकिन्छ।

आइसर्भभित्र रहेको अर्को सेवा हो कार्ड सर्भिस। कार्ड सर्भिसबाट कार्डसम्बन्धी विभिन्न काम गर्न सकिन्छ। उक्त सेवाको लागि ६ वटा अप्सन राखिएको छ। ती अप्सनहरूमा नयाँ डेभिड कार्ड अनुरोध, इ–कमर्स रजिष्ट्रेसन, डेभिड कार्ड ब्लक गर्न सकिने सेवा हुन्। त्यसैगरी, डेभिड कार्ड परिवर्तन र प्रिपेड डलर कार्डको सबै काम यहाँबाट गर्न सकिन्छ। साथै, यहाँबाट कार्ड अर्डर गर्ने र आफूलाई पाएक परेको शाखाबाट लिन सकिन्छ।

६. सबै सेवा मोबाइल एपमा

एनआइसी एशिया बैंकको मोबाइल एप हो ‘एनआइसी एशिया मोबैंक’। यो मोबाइल एपबाट विद्युत, कर, एयरलाइन्स टिकट, खानेपानी, इन्टरनेट, टिभी, इन्स्योरेन्स, सेयर बजार, केवल कार, बस टिकट, फिल्मको टिकेट, स्कुल कलेजको शुल्क तिर्न सकिने सुविधाहरू रहेका छन्। माई अकाउन्ट भन्ने अप्सनमा गएर आफ्नो अकाउन्टको बारेमा थाहा पाउन, फिक्स्ड डिपोजिट राख्नु पनि आफै सक्नुहुन्छ। आफ्नो अकाउन्टको ब्यालेन्सबाट कति ब्याज आएको छ भनेर थाहा पाउन, कारोबार हिस्ट्री हेर्न पनि सकिन्छ।

पेमेन्ट अप्सनबाट स्कुल फि तिर्न, नेपाल टेलिकम, एनसेल, स्मार्ट फोन, ल्याण्डलाइन फोन, डिस होममा रिचार्ज गर्नसक्नु हुन्छ। एनटीजिएसएम, सिडिएमए, ब्रोडलिंक इनन्टरनेट, डिसहोम, रिडिअस रिचार्ज कार्डहरू खरिद गर्न, इसेवा, खल्ती, आइएमई पे जस्ता मोबाइल वालेटमा पैसा हाल्न सक्नुहन्छ। आफ्नो रकमलाई फिक्स्ड डिपोजिट गर्न, सेन्ड मनीबाट अर्को व्यक्तिलाई पैसा पठाउन सकिन्छ। रेमिट्यानस पठाउन र लिन सकिन्छ। सेयरको कारोबार गर्न, आफ्नो कार्डलाई अनलाइन सपिङको लागि एक्टिभ गर्न, क्युआरबाट भुक्तानी गर्न सकिने सुविधा एपमा रहेका छन्।