सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले आफ्नो नैकाप स्थित कार्यालयमा यही पौष १, २ र ३ गते, बिहान १० बजे देखि ५ बजे सम्म, टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना हुने एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।
यस सेल्स तथा एक्सचेन्ज क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालवाहक गाडीहरु (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिनेछ भने जुनसुकै ब्राण्डका अरु कमर्सियल गाडी सँग टाटा मोटर्सका नयाँ एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक एक्सचेन्ज गर्न सकिनेछ । बजारमा फाइनान्स सुविधा पाउन वा धेरै लगानी गर्न चुनौति भइरहेको अवस्थामा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प मार्फत् ५०% को सहज फाइनान्स सुविधा र कम लागतमा नयाँ जस्तै पर्फर्मेन्स दिने रिकन्डिसन्ड गाडी प्राप्त हुने हुँदा ग्राहकवर्गहरु उत्साहित हुने विश्वास लिइएको छ। यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकहरुले १ निशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन् ।
यस्तै टाटा मोटर्सले प्रदान गर्ने अतिरिक्त सुविधा प्राप्त गर्न र टाटा मोटर्सका सुन्तुष्ट परिवारको वृहत संजालमा समावेश हुन चाहने महानुभावहरुका लागि एक्चेन्जको पनि व्यवस्था गरिएको छ जसमा ग्राहकहरुले जुनसुकै ब्राण्डका पुराना कमर्सियल गाडी लिएर आउन सक्नुहुनेछ र भ्याल्युएसन गराइ सोही सेग्मेन्टका टाटाका नयाँ गाडी (एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक) लिन सक्नुहुनेछ। यस क्याम्पमा ग्राहकहरुले आफ्नो गाडीको उत्कृष्ट भ्यालुएसन पाउने छन् भने हरेक भ्यालुएसनमा आकर्षक उपहार पनि प्राप्त गर्ने छन् । यसका साथै ग्राहकहरुको मनोरंजनका लागि अन्य आकर्षहरु पनि राखिएको छ ।