२०८१ आश्विन ६ , आइतवार

भारतीय अभिनेता विवेक परिवारसहित नेपालमा , घुम्नेछन् यी ठाउँ

सुनाखरी न्युज / काठमाडौं – भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन । उनी परिवारसहित घुम्न आएका हुन । एक हप्ता लामो नेपाल भ्रमणमा आएका बलिउड सुपरस्टार विवेक ओबरोयले पवित्र तीर्थस्थल पशुपतिनाथको दर्शन गरेका छन । बिहीवार विहान दुई सन्तान, श्रीमती र आमा बुबाको साथमा उनले पशुपतिनाथको दर्शन गरेका हुन । त्यहाँ उनले करिब १ घन्टा विताएका थिए । पशुपतिनाथ मन्दिरमा पूजाआजापछि बाहिरिने क्रममा विवेकलाई नेपाली प्रशंसकले तस्बिरका लागि घेरेका थिए ।

 

पहिलो पटक नेपाल आएका विवेकले पशुपतिनाथको दर्शक गर्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरे । पशुपतिनाथमा पूजाआजा गरेपछि मन शान्त भएको उनको भनाई छ । गौशलास्थित होटल द्वारिकामा बसेका उनले दिउँसो परिवारको साथमा चन्द्रागिरीको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपाल बसाईको क्रममा पोखरा, लुम्बिनी, सगरमाथा बेसक्याम्प, पुनहिलको पनि भ्रमण गर्नेछन ।

 

बिहीवार साँझ काठमाडौं ओर्लेका उनले भूगोल, संस्कृति, रितिरिवाज, रहनसहनका कारण आफूलाई भारत र नेपाल उस्ता उस्तै लाग्ने बताएका थिए । व्यवसायी तथा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य पुनम यादवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देयले विवेकलाई नेपाल ल्याएकी हुन । उनीहरुबीच पारिवारिक र व्यवसायिक सम्बन्ध समेत छ ।

 

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।