२०८१ पुष २८ , आइतवार

समृद्धि फाइनान्स र एटुजेड अनलाइन बजार बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्स र एटुजेड अनलाइन बजारबिच सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ एटुजेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।

 

सो सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र एटुजेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकाश भण्डारीले हस्ताक्षर गरेका हुन् ।

 

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिंग, र क्युआर कोर्ड मार्फत लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार रुपैयाँ छुट हुने यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।