२०८१ पुष २७ , शनिवार

यसरी बनाउनुहोस् सुन्तलाको बोक्राको फेस प्याक

सुनाखरी न्युज / काठमाडौं – सुन्तला खाइसकेपछि हामी प्रायः यसको बोक्रा फालिदिन्छौं । तर तपाईं यसबाट धेरै प्रकारका फेस प्याकहरू बनाउन सक्नुहुन्छ । जुन छालाको लागि धेरै तरिकाले उपयोगी हुन्छ ।

१  सुन्तलाको सुकेको बोक्रा पिसेर धूलो तयार गर्नुपर्छ । त्यसपछि त्यसमा थोरै बेसन र गुलाबजल मिसाउनुहोस्। यसलाई आफ्नो अनुहारमा   लगाउनुहोस जसले छालालाई भित्रबाट सफा राख्नुका साथै अनुहारको रक्तसञ्चार बढाउँछ । जसले छाला गोरो बनाउन मद्दत गर्छ ।

 

२ टेनिङ घटाउनका लागि सुन्तलाको बोक्राको फेस प्याक प्रयोग गर्न सक्नुहुन्छ । जसमा सुन्तलाको बोक्राको फेसप्याक बनाउन सकिन्छ ।   सुन्तलाको बोक्रा पिसेर त्यसमा दूध हाल्नुहोस्। त्यसपछि यसलाई आफ्नो अनुहारमा लगाउनुहोस्। केही समयको लागि छोड्नुहोस्। यसले   तपाईंको छालाको चमक बढाउन र टेनिङ कम गर्न मद्दत गर्नेछ ।

 

३ सुन्तलाको बोक्राले मोइस्चराइजिंग फेस प्याक तयार गर्न सकिन्छ । यसका लागि सुन्तलालाई पिसेर त्यसमा एलोभेरा मिसाउनुहोस्। यसलाई   आफ्नो अनुहारमा लगाउनुहोस । यसले तपाईंको छालालाई भित्रबाट पोषण दिनुका साथै कोमल बनाउन मद्दत गर्नेछ ।