२०८१ मंसिर १४ , शुक्रवार

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

 

बैंकले हाल कायम चुक्ता पूँजीको ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.९५ प्रतिशत नगद लाभांश रहेको छ।

 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरि सो लाभांश वितरण गरिनेछ।