२०८१ पुष २७ , शनिवार

पुस पहिलो हप्ता भित्र पोलभाडा भुक्तानी गर्न विद्युत प्राधिकरणको सेवाप्रदायक लाई आग्रह

सुनाखरी न्युज/ काठमाडौं । नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संघबीच पोलभाडा विवाद पुनः सुरु भएको छ । विद्युत प्राधिकरणले पुस ७ गतेभित्रमा नयाँ पोलभाडा सम्झौता नगरे एक्सनमा जाने तयारी गरेको हो ।

 

पोलभाडा सम्झौता नवीकरण नगर्ने र बाँकी बक्यौता भाडा रकम भुक्तानी नगर्ने इन्टरनेट सेवा प्रदायक संस्थाहरूको केवल अप्टिकल फाइवर काटिदिने चेतावनी समेत दिएको छ । विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले टेलिफोन / इन्टरनेट / केवल टी. भी. सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरू तथा सेवाग्राहीहरूलाई सो मितिभित्र सम्झौता गर्न र बाँकी बक्यौता रकम तिर्न भनेको हो ।

 

पुस ७ गतेपछि जुनसुकै समयमा तारहरु हटाउने चेतावनी दिएको हो। यसको लागि प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरेर सम्झौता गर्न÷ सम्झौता नवीकरण गर्न र रकम तिर्न भनेको छ। ‘तोकिएको मिति २०७९ पुस ७ गतेभित्र सम्झौता नगर्ने, सम्झौता नवीकरण नगर्ने र बाँकी बक्यौता भाडा रकम भुक्तानी नगर्ने सेवा प्रदायक संस्थाहरूको केवल अप्टिकल फाइवर हटाउने लगायत निजहरूलाई ने. वि. प्रा. को प्रचलित विनियमानुसार कारबाही गरिने व्यहोरा जानकारी गराउँदछौं’ प्राधिकरणले भनेको छ ।