२०८१ मंसिर १० , सोमवार

विन्ध्यवासिनी हाइड्रोपावरको लाभांश प्रस्ताव , बुक क्लोज कहिले ?

सुनाखरी न्युज / काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५।०२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७८र७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।०२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

 

कम्पनी सञ्चालक समितिको बिहीबार ९मंसिर २९ गते० बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरु चुक्तापुँजीको कुल ५।०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।२६ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुस २२ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित कम्पनीको कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट हुनेछ।

 

सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। साथै साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।