२०८१ पुष १३ , शनिवार

थाइल्याण्डका महाराजाकी जेठी छोरी मुटु रोगका कारण बेहोस

सुनाखरी न्युज / काठमाडौं – राजकुमारी बज्रकित्यभा आफ्नो कुकुरलाई तालिम दिने क्रममा बेहोस भइन । थाइल्याण्डका महाराजाकी जेठी छोरी मुटु रोगका कारण बेहोस भएकी छिन । थाइल्याण्डको शाही दरबारले यो जानकारी दिएको हो ।

 

४४ वर्षीया राजकुमारीलाई पहिले नजिकैको अस्पताल लगियो, त्यसपछि हेलिकप्टरबाट बैंकक लगियो । उनको त्यहीँ उपचार भइरहेको छ ।

 

बीबीसीका जोनाथन हेडले दरबारबाट आउने स्वास्थ्य अपडेटहरू सामान्यतया स्पष्ट नहुने भएकाले राजकुमारीको स्वास्थ्यबारे सही जानकारी पाउन कठिन भएको बताए ।