२०८१ मंसिर १२ , बुधवार

श्रीमतीलाई कुटपिट गरी घाइते बनाएपछि श्रीमानले गरे आत्महत्या

सुनाखरी न्युज/ काठमाडौं । मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका एकजना पुरुषले आत्महत्या गरेका छन्

मकवानपुरको इन्द्र सरोबर–५ खड्पुका ३० वर्षीय बुद्धिराम बलामीले आत्महत्या गरेका हुन् । श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका बलामीले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

घाइते २४ वर्षीय आस्था बलामीलाई अस्पताल पठाएर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।