२०८१ आश्विन ८ , मंगलबार

धनकुटामा प्रदेश स्तरीय औद्योगिक व्यापार मेला

सुनाखरी न्युज/ काठमाडौं । धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुनेभएको छ । धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको प्रबर्धन गर्ने उद्देश्यले आगामी माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव २०७९ धनकुटाको टँुडिखेलमा गर्ने निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझीले बताउनुभयो । महोत्सबमा धनकुटामा उत्पादन भएका बस्तुलाई पहिलो प्राथमिकता दिइने उहाँले बताउनुभयो । एक सय ३० स्टल राखिने महोत्सबमा करिब तीन करोड रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवलाई सफल बनाउन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल सरकार, प्रदेश सरकार र धनकुटाका सबै स्थानीय सरकार र सबै सरोकारवाला कार्यालय र संघ संस्थासँग समन्वय गरी उहाँहरुकै सहयोग र सहकार्यमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष विजय सन्तोषी राईले वताउनुभयो ।

 

धनकुटा उद्योग बाणिज्य संघले प्रत्येक तीन बर्षमा धनकुटा महोत्सव गर्दैआएकोमा कोरनाका कारण गत बर्ष हुन सकेन । त्यही कारण यस बर्ष महोत्सव आयोजना गर्न लागिएको हो । हकार्य गर्न लागेका हुन् ।