२०८१ मंसिर १० , सोमवार

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आज पुस ३ गते बाँडफाँड गरिएको छ। बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।

 

कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २२० कित्ता खरिदका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

 

यो आईपीओमा १२ लाख ५८ हजार ४२्२१ आवेदकबाट कुल १ करोड ४३ लाख ५१ हजार ८३० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। जसमा ११ लाख ९१ हजार २८४ आवेदकबाट परेको १ करोड ३० लाख ७८ हजार १०० कित्ता सेयर खरिदका लागि परेको आवेदन सदर भएको छ। बाँकी ६५ हजार ९२७ आवेदकबाट परेको १२ लाख ६८ हजार ६९० कित्ता रद्द गरिएको छ भने २ हजार ७० आवेदकबाट परेको १५ हजार ४० कित्ता बदर भएको छ।

 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी सदर आवेदकमध्ये ११ लाख ३९ हजार ७६२ को हात खाली भएको छ। यो आईपीओ अन्तिम दिन केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ जारी गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धक कम्पनीको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/मा गएर हेर्न सकिनेछ।