सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले पौष ३ गते इटहरीमा न्यानो लुगावितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विधालयका १ जनाशिक्षक र २५ जना विधार्थीहरु लाई न्यानो लुगावितरण गर्र्नेे कार्यक्रमआयोजना गरेको थियो। यस कार्यक्रम अन्तरगत शिक्षक १ जना र विधार्थीहरु २५ जनालाईयस संस्थाका इटहरीका.मु.शाखा प्रमुख जनकपोखरेलर इटहरी वडा न. ६वडा अध्य्क्षदिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन।
करीब २५ वर्ष अघि देखी न्यून आयश्रोत भएका परिवारका केटाकेटीहरुलाई भेलापारी बिहानको समयमा १ देखी २ घण्टासम्म खोला किनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएकोविधालयहो ॐ श्री पिपल बोटे खूल्ला विधालय, हाल त्यहाँ विभिन्न सरकारी विधालयमा अध्ययनगर्ने र नगर्ने समेत गरी कक्षा १ देखी७ सम्मका २५ जनाविधार्थीहरु अध्ययन गर्छन ।
फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ६मा रहेको चैतन्य माध्यमिक बिधालयका २६ जना बिधार्थीहरु लाई न्यानो लुगावितरण गरेको थियो भनेमंसिर २९ गतेजनकपुरमा वडा न. ६मा रहेको जानकी बृद्धा आश्रममा २०जना बृद्धबृद्धालाई कम्बल वितरण गरेको थियो।फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएकोजनाएको छ। फाइनान्सले हाल आठओटा शाखाबाट सेवाप्रवाहगर्दै आएको जनाएको छ ।