२०८१ मंसिर ११ , मंगलबार

लामो समयदेखि सम्पर्कमा नआएका कर्मचारीलाई ३० दिन भित्र हाजिर हुन आग्रह

सुनाखरी न्युज/ काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका कर्मचारीलाई ३० दिन भित्र हाजिर गर्ने आउन आग्रह गरेको छ ।

 

अस्पतालले आइतबार १२ जना कर्मचारीका नाममा सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ३० दिनभित्र हाजिर हुन आग्रह गरेको हो । न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रारर ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

 

यस्तै, अनमीहरुमा छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल, पाँचौँ तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी रहेका छन् । तोकिएको अवधिमा उपस्थित नभए कानून बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।