२०८१ आश्विन ६ , आइतवार

दयाहाङको फिल्म हिट भएपछि पारिश्रमिक वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ बक्स अफिसमा हिट भएपछि अभिनेता दयाहाङ राईले पारिश्रमिकमा वृद्धि गरेका छन् । स्रोतका अनुसार उनको पारिश्रमिक झण्डै दोब्बर भएको छ ।

 

२०७९ सालमा प्रदर्शनमा आएका यी तीनै फिल्मले दयाहाङको स्टारडम मात्र होइन, व्यापारको खडेरी पनि तोडेका थिए । लगातार फिल्म हिट भएपछि दयाहाङले पारिश्रमिक वृद्धि गरेका हुन् । उनले पछिल्लो फिल्म ‘हात्तीछाप’लाई आकर्षक पारिश्रमिकमा साइन गरेका छन् । निर्माता किरण नेपालीले राम्रो रकममा दयाहाङलाई अनुबन्धित गरिएको जानकारी दिए । उनी ३० लाख रुपैयाँ पारिश्रमिकमा फिल्ममा अनुबन्धित भएको चर्चा छ । व्यवसायिक रुपमा फिल्म राम्रो चल्नेछ भने सोहीअनुसारको लिनुपर्छ र कन्टेन्ट राम्रो छ भने कतिपय कुरामा कम्प्रमाइज पनि गर्नुपर्ने हुन्छ,’ उनले भने ।

 

यद्यपि, ३० लाख रुपैयाँ लिएको भन्ने कुरालाई उनले स्वीकारेनन् । तर निर्माता नेपालीले चाहिं यो पारिश्रमिकतर्फ संकेत गरे । पछिल्लो समय दयाहाङका फिल्मले नेपाल र विदेशमा सबैभन्दा बढी कमाएका छन् । ‘कबड्डी ४’ ले झण्डै २३ करोड कमाएको थियो ।