२०८१ आश्विन ६ , आइतवार

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको नेतृत्वमा भट्टराई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले नयाँ नेतृत्व पाएको छ। प्रतिष्ठानको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा शीलु भट्टराईसहित २१ सदस्य रहेको कार्यसमिति चयन भएको हो।

 

शनिबार अवेर सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक भीम न्यौपानेले जानकारी दिए। समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्वितीय उपाध्यक्षमा श्रीधर पोखरेल र महिला उपाध्यक्षमा धनमाया राना चयन भएकी छन्।

 

यसैगरी, सचिवमा गणेश अधिकारी, सह–सचिवमा अनिल खत्री, कोषाध्यक्षमा लोकेन्द्र कुँवर, सह–कोषाध्यक्षमा कमल कंडेल चयन भएका छन्। अधिवेशनको उद्घाटन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले गरेका थिए।