सुनाखरी न्युज/ काठमाडौं । कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै अर्जेन्टिना उपाधि विजेता भएको हो । निर्धारित तथा थपिएको समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी शूटआउटमा विश्वकप छिनोफानो भएको हो ।
पेनाल्टीमा फ्रान्सले दुई मौका गुमाउँदा अर्जेन्टिनालाई विश्वकप ट्रफी उचाल्ने मौका मिल्यो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा फ्रान्स चम्कियो । फाइनलमा फ्रान्सका किलियन एम्बापेको ह्याट्रिक गरे । उनले ८०, ८१ र ११८ औं मिनेटमा गोल गरे ।
खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गरेर अग्रता लिएका थिए । उनले १०८ औं मिनेटमा अर्को गोल गरेका थिए । ३६ औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डी मारियाले अर्को गोल थपेका थिए ।