सुनाखरी न्युज/ काठमाडौं । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्य सहित नेपालको लागि टाटा मोटर्स् को एक मात्र अधिकृत विक्रेतासिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा“नेक्सन् इभी रेन्ज टेस्ट २०२२”प्रदर्शनात्मककार्यक्रम काठमाडौँमा सफलता पूर्वक सम्पन्न गरिएको छ ।
नेक्सनइभी रेन्ज टेस्ट २०२२ नामदिइएको यस अभियानमा टाटा नेक्सनइभीहुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । नेक्सन ईभीको काठमाडौं सडकमै ३४७किमी सम्मको रेन्जनिकाल्न सफल काठमाडौँ निवासी सलिमश्रेष्ठ ज्यु प्रथमहुनुभयो भने ३३२ किमि रेन्जनिकालेर भरत पुडासैनी र अनिशकावरा दोश्रो हुन सफलहुनुभयो। त्यसै गरी ३२१ किमिरेन्जनिकाल्न सफल तृप्ति सिंह तथा उदिपन्यौपाने तेस्रो स्थानमा रहनु भयो। कार्यक्रममा सहभागीमध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सक्नु भएको थियो।
NEXON EV RALLY 2022 / RANGE RESULT | |||
Customer Name | Trip A (Avg. Wh/km) | Range Expected based on Avg. Wh/Km | Rank |
SALIM SHRESTHA | 87 | 347 | 1 |
BHARAT P. PUDASAINI | 91 | 332 | 2 |
ANISH KAVRA | 91 | 332 | 2 |
UDEEP NEUPANE | 94 | 321 | 3 |
TRIPTI SINGH | 94 | 321 | 3 |
यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभीचलाई अधिकतम रेन्जका आधारमा विद्युतियइन्धनखपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्नआकर्षक पुरस्कार एवम् प्रशंसा पत्रप्रदान गरिएको थियो । प्रथम स्थानप्राप्त गर्न सफल सलिमश्रेष्ठ ज्यु ले सम्मानपदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको सामसुंग स्मार्ट एलईडि टिभी जित्नु भएको छ।
त्यसै गरी दोश्रो स्थानमा रहनु भएको भरत पुडासैनि र अनिशकावरा ज्युले २८ लिटरको सामसुंग ओभेन जित्नुभएको छ।
तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिपन्यौपाने ज्यु ले सामसुंग भ्याकुमक्लिनर जित्नुभएको छ।
विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिताएवम् आर्थिक पक्षमापार्ने सकारात्मकप्रभावहरुकाबारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रतिग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्तबनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीकाप्रमुखकार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ ज्यूले जानकारी गराउनु भयो ।
यहीपौष २ गते शनिबार, सिप्रदी ट्रेडिङ नैकापबाट समुद्घाटन गरिएको कार्यक्रमकलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिलहुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्तकार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो ।
इभीको उपयोग गरिदिनुहुने ग्राहकवर्गबाट मिलेको बहुपक्षियअप्रत्यक्ष योगदानको कदर स्वरुपकार्यक्रममार्फत उहाँहरुलाई सम्मान गर्न पाउँदाअत्यन्तै खुसीलागेको टाटा मोटर्स का ग्राहक सेवा तर्फ बाट रन्धिर कुमार चौधरी तथा सिप्रदीकाग्राहक सेवा प्रमुखकुमार भण्डारी ज्यूले जानकारी गराउनु भयो । ईभी र ईभीचलाउंदाजान्नु पर्ने विभिन्न कुरा हरु छलफल संगै दक्षिण एशियाकै पहिलो नैकाप स्थीत ईभी लर्णिङ्ग सेन्टर को पनि भ्रमण गराउनु भयो।
हालनेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपतदिनानुदिन बढ्दै गएको छ। नेपालीबजारमा टाटा नेक्सनइभीग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमायसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमाल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।