२०८१ आश्विन ६ , आइतवार

चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपाली चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

 

विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के यो चलचित्रमा मुख्य भूमिकामा छन् । रामबाबु गुरुङको निर्देशनमा सामाजिक कथामा ‘फूलबारी’ निर्माण गरिएको हो ।

 

उपेन्द्र सुब्बाको लेखन, मनिष ढकालको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा मणिराम पोखरेल छन् ।

 

https://lokaantar.com/story/207668/2022/12/19/entertainment/phulbari-movie-#