२०८१ आश्विन ८ , मंगलबार

ठूला साइनबोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउनका लागि पुनः सूचना निकालेको छ । यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले आज मंगलबार अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन भनेको हो ।

 

३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन अटेर गरे महानगरपालिका आफैंले त्यस्ता साइनबोर्ड हटाउने र त्यसबापत लाग्ने खर्च पनि सम्बन्धित पक्षबाट भराउने चेतावनी पनि दिइएको छ । काठमाडौं महानगरपालिकाभित्र रहेका पसल, व्यापारिक प्रतिष्ठान, संघ–संस्था, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरु लगायतलाई महानगरपालिकाले ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन भन्दै आएको छ ।

 

साथै साइनबोर्ड राखे बापतको शुल्क तिर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।