२०८१ आश्विन ८ , मंगलबार

सुुनचाँदी ब्यवसायका बिषयमा कार्यपत्र प्रस्तुत

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले मुलुककै नीति निर्माणको सर्वोच्च निकाय राष्ट्रिययाजना आयोजमा सुनचाँदी ब्यवसयका विविध पक्षलाइ समेटेर तयार गरिएको कार्यपत्र प्रश्तुत गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्य र विज्ञ रघुवीर विष्टले महासंघका तर्फवाट कार्यपत्र प्रश्तुत गर्नुभएको हो । कार्यपत्रमा सुनचाँदी क्षेत्रको वृद्धि र विकसकालागि आगामीदिनमा नीतिगतरुपमा समट्नुुपर्ने बिषयहरुलाई समावेस गरिएको छ ।

भारतको नीति आयोगले तयार गरेको कार्ययोजना र त्यसकको मर्मलाई पनि कार्यपत्रमा समेटिएको छ । नेपालको सुनचाँदी ब्यवसायका चुनौति र अवसर नामक सोकार्यक्रममा सुनचाँदी क्षेत्रकालागि राज्य र निजी क्षेत्रका र्फवाट गर्नुपर्ने कार्यहरुलाई प्रष्टरुपमा समेटिएको छ ।

त्यसक्रममा योजना आयोगका कर्यवाहक उपाध्यक्ष डा. दिल वहादुर गुरुङग लगायत आयोजका विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।