२०८१ आश्विन ८ , मंगलबार

पूर्वमन्त्री आलेलाई मातृशोक

सुनाखरी न्युज/ काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

आलेकी ८० वर्षीया आमा गंगादेवी आलेको उपचारका क्रममा मंगलबार काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

 

मंसिर १० गते मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि धनगढी हुँदै काठमाडौं ल्याइएको थियो । गंगादेवीका २ छोरा र २ छोरी छन् ।