२०८१ पुष ११ , बिहिवार

घोडेपानीमा पर्यटक आगमन लयमा फर्कियो

सुनाखरी न्युज/ काठमाडौं । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी-पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ ।

 

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर-६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाईमा अवस्थित घोडेपानी र तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो ।

 

घोडेपानीमा पर्यटकको बसोबासका लागि २३ वटा सुविधायुक्त होटलहरु छन् । ती होटलमा दैनिक ७०० जना पर्यटक वास बस्न सक्दछन् । पोखरा, काठमाडौ, चितवन, बुटवल, बागलुङ, पर्वत र मधेशका जिल्लाबाट विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवसायीहरु समूह बनाएर आउने क्रम बढेको छ ।रासस