२०८१ मंसिर १२ , बुधवार

खोटाङमा आगलागी हुँदा ४ करोड बराबरको क्षति

सुनाखरी न्युज/ काठमाडौं । प्रदेश १ खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भएको आगलागीबाट लगभग ५ करोडको क्षति भएको अनुमान गरिएको छ ।

 

दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नस्ट भएको थियो । प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार आगलागीबाट त्यहाँ सञ्चालनमा रहेका विभिन्न पसल र संस्थाका कार्यालय समेतमा पूर्ण र आंशिक गरी ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको हो ।

 

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आगलागीको घटनाले आफूलाई दुःखित तुल्याएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आगलागीले मानविय क्षति नभए पनि भौतिक संरचनाका साथै विस्तारित बजार क्षेत्रलाई क्षति पू¥याएको बताएका छन् । उनले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने जनाएका छन् ।