२०८१ आश्विन ६ , आइतवार

ज्याकलिन फर्नान्डेजले भ्रमण जान मागिन अदालतसँग अनुमति

सुनाखरी न्युज / ज्याकलिन फर्नान्डेजले २३ डिसेम्बरदेखि बहराइन भ्रमणको अनुमति मागेकी छन्। । पटियाला हाउस कोर्टका विशेष न्यायाधीश शैलेन्द्र मलिकले ईडीसँग जवाफ मागेका छन र सुनुवाईको लागि डिसेम्बर २२ तोकेका छन्।  ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।

 

उनीमाथि सुकेश चन्द्रशेखरबाट महंगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ । दिल्लीको एक अदालतले प्रवर्तन निर्देशनालयलाई यसबारे विस्तृत जवाफ दिन भनेको छ ।

 

३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ । यो निकायले आर्थिक अपराधको अनुसन्धान गर्छ। एजेन्सी