२०८१ पुष २८ , आइतवार

रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा उपलब्ध

सुनाखरी न्युज/ काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागसिप लेबल कर्भ भिजन डिस्प्लेसहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभजी नेपालमा उपलब्ध भएको छ।

 

मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भड भिजन डिस्प्लेका कारण पहिलैदेखि बजारमा चर्चित छ। लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी १० प्रो सिरिजको नयाँ सदस्यका रुपमा रियलमी १० प्रो प्लस फाइभजीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। रियलमी १० प्रो प्लस फाइभजी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो। जसमा फ्ल्यागसिप लेभलको कर्भड भिजन डिस्प्ले रहेको छ। एउटा ब्रान्डका रुपमा हामी जहिले पनि नयाँ–नयाँ प्रविधि युक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। हामीलाई आशा छ रियलमी १० प्रो प्लस फाइभजीले पनि अगाडिको फोनहरुजस्तै माया र विश्वास पाउनेछ।’

 

रियलमी १० प्रो प्लस फाइभजी यो सेग्मेन्टकै पहिलो फोन हो। जसमा फ्ल्यागसिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ। त्यस्तै यसमा २१६० हर्ज पीडब्ल्यूएमको डिमिङ रहेको छ। जुन नेपालकै पहिलो हो। ९३.६५ % स्क्रिन–टु–बडी रेसियो भएको यो फोनको मोटाइ भने जम्मा २.३३ मिमि रहेको छ जसले गर्दा यो फोन अत्यन्तै स्लिम पनि छ। यो रियलमीको कर्भड डिस्प्ले स्मार्टफोनमै सबैभन्दा न्यारो बटम बेजेल पनि हो। त्यस्तैगरी यो संसारकै सबैभन्दा पहिलो ओएलईडी डिस्प्ले हो। जसले टीयूभी रेनल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट पनि पाएको छ। अत्यन्तै आकर्षक हाइपरस्पेस डिजाइन र अल्ट्रा–लाइट बडी भएको यस रियलमी टेन प्रो प्लसको तौल पनि जम्मा १७३ ग्राम रहेको छ जुन अत्यन्तै हलुका हो। त्यस्तै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ। जुन १७ मिनेटमै ५०% सम्म चार्ज हुन सक्छ।

 

चिपसेटको कुरा गर्नुपर्दा यसमा डाइमेन्सिटी १०८० फाइभजी चिपसेट रहेको छ। जसमा ६ न्यानोमिटरको हाइ एफिसियन्सी प्रोसेसर र ५,२०,००० AnTuTu बेन्चमार्क रहेको छ। त्यस्तै यसमा फ्ल्यागसिप लेभलकै १०८ एमपीको क्यामरा रहेको छ। नोनापिक्सेल टेक्नोलोजीयुक्त यी क्यामराहरुले अत्यन्तै क्लियर तस्बिर लिन सक्छन्। साथ–साथै यी क्यामराहरुमा सुपर ग्रुप पोट्रेट, वान टेक र स्ट्रिट फोटोग्राफी मोड ३.० जस्ता फिचरहरु छन्। जसले वाटरमार्क सहित एकदमै राम्रो तस्बिरहरु लिन सक्छन्।

 

आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मूल्य ४५ हजार ९९९ रहेको छ भने यसमा स्टोरेज अप्सन ८ जीबी+१२८ जीबी रहेको छ। पुस ९ गते शनिबारदेखि नेपालभरि उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभजी किन्ने ५० जना भाग्यशाली ग्राहकले रियलमीका तर्फबाट एउटा सफारी ब्याग उपहारका रुपमा प्राप्त गर्नेछन्। त्यस्तैगरी ६, ७ र ८ गते दराजबाट किन्दा रु. २००० सम्मको फ्ल्याट डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन्।