सुनाखरी न्युज/ काठमाडौं । टीसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो। यो ४ दशकमा टीसीएल चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखका रुपमा विकसित भएको छ।
वर्तमानमा टीसीएलको उपस्थिती विश्वको १६० भन्दा बढी देशहरुमा छ र आफ्नै म्यानुफ्याक्चरिङ र रिसर्च एन्ड डेभेलपमेन्ट सेन्टरहरु विश्वभर छरिएर रहेका छन्। टीसीएल सन् २०१२ मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएलले भित्र्याएको हो र अहिले नेपालको घरेलु इलेक्त्रिक उपकरणमा ठुलो बजार हिस्सा ओगटेको छ। ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलका टीभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर र साउन्डबारजस्ता उत्पादनहरु नेपालमा उपलब्ध छन्।
हालै सिजी इलेक्ट्रोनिक्सले नेपालमा एसेम्बली प्लान्ट पनि सुरु गरेको छ। जसले गर्दा टीसीएलका उत्पादनहरुको लागत घट्न मद्दत पुगेको छ। यसका साथै यसले नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको छ र नेपाली ग्राहकले गुणस्तरीय सेवासहित उत्पादनहरु सुपथ मूल्यमा पाएका छन्। हालै नेपालको बजार अध्ययन र बजार बिस्तारका लागि टीसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन(किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन)ले नेपाली बजारको भ्रमण गरेका छन्। टीसीएल टिमले काठमाण्डौ टंगाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरुका साथै बिभिन्न डिलर सपहरुको भ्रमण गरेका छन्।
सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टीसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रुपमा रुचाइएको छ र चौधरी समूहसँगको हाम्रो लामो सहकार्यको अनुभवले र यो भ्रमणले हामीलाई नेपालमा सेवा अझ ब्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको छ। ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गर्न चाँडै नै टीसीएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टीसीएलको भावी योजना पनि रहेको छ। सिजी इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको ‘फुटबल हंगामा’ योजना हाल सम्म कायमै राखेको छ। टीसीएल अन्तर्राष्ट्रिय ब्राजिलियन फूटबल टिमको आधिकारिक प्रायोजक पनि हो।
कम्पनीले टीसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। कम्पनीले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाण्डौबाहिर इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।