२०८१ आश्विन ६ , आइतवार

विश्वका ५० महान अभिनेताहरूको सूचीमा शाहरुख खानदेखि लियोनार्दो डिकाप्रियो सम्म

सुनाखरी न्युज / काठमाडौं – विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान अभिनेताको सूची सार्वजनिक गरेको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन । उनी हन्, अभिनेता शाहरुख खान एम्पायर म्यागजिनले आफ्नो फेब्रुअरी संस्करणको लागि उत्कृष्ट अभिनेताहरूलाई भोट गर्न पाठकहरूलाई आग्रह गरेको थियो।

 

यस सूचीमा डेनजेल टम ह्यान्क्स, एन्थोनी मार्लोन ब्रान्डो, मेरिल स्ट्रिप ज्याक निकोल्सन जस्ता धेरै स्टार छन्।म्यागजिनले शाहरुख खानको पनि धेरै प्रशंसा गरेको छ। शाहरुखको तस्बिर सेयर गर्दै लेखिएको छ, ‘शाहरुख खानको करिअर चार दशककै हिट हो। विश्वभर उनका धेरै फ्यान छन्। आफ्नो अद्भूत शैली र अभिनयका कारण उनी यो गर्न सक्षम छन् र लगभग हरेक विधामा हिट छन्। उनले गर्न नसक्ने केही छैन।’

 

प्रकाशनले संजय लीला भन्सालीद्वारा निर्देशित ‘देवदास’, करण जोहरको ‘माइ नेम इज खान’ र ‘कुछ कुछ होता है’ र आशुतोष गोवारिकरद्वारा निर्देशित ‘स्वदेश’लाई हाइलाइट गरेको छ। शाहरुख खानले फिल्म ‘दीवाना’बाट आफ्नो करियर सुरु गरेका थिए। उनको पहिलो फिल्मले नै उनलाई बलिउडको ‘बादशाह’ बनाएको थियो। आफ्नो करिअरको सुरुवाती चरणमा, उनले फिल्महरूमा नकारात्मक भूमिका खेल्ने जोखिमसमेत उठाए।