२०८१ मंसिर १४ , शुक्रवार

१० वाणिज्य बैंकको सेयर मूल्य २ सयभन्दा तल ओर्लियो

सुनाखरी न्युज/ काठमाडौं । लामो समयदेखि सेयर बजार घट्दा बुधबारसम्म १० वटा वाणिज्य बैंकको मूल्य प्रतिकित्ता २ सयभन्दा तल ओर्लिएको छ । बुधबारको कारोबारपछि ग्लोबल आईएमको मूल्य प्रतिकित्ता १९८.५०, सनराइजको १८०.३०, बैंक अफ काठमाण्डूको १९९ रुपैयाँमा झरेको छ ।

 

त्यस्तै कुमारीको १८२, प्रभुको १८६, सिटिजन्सको १७८, सेन्चुरी कमर्सियलको १७७, मेगाको १९०.४०, एनसीसीको १७८.५० र लक्ष्मी बैंकको मूल्य १९०.७० रुपैयाँ कायम भएको छ । सेयर मूल्य २ सयभन्दा तल झरेका सनराइज र लक्ष्मी बैंकले यो पटक कुनै पनि लाभांश नदिने घोषणा गरिसकेका छन् । गत वर्ष सनराइजले ७, लक्ष्मीले ११.५ प्रतिशत लाभांश दिएका थिए । तीबाहेक अन्य ८ बैंकले भने लाभांश घोषणा गरिसकेका छन् । अरु ८ बैंकले भने लाभांश दिएका छन् ।

 

ग्लोबल आईएमईले १०.६ नगद र ३ प्रतिशत बोनस सेयर, बैंक अफ काठमाण्डुले १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर, कुमारीले १२.५ प्रतिशत नगद, प्रभुले १.५ प्रतिशत र ६.५ प्रतिशत सेयर बोनस, सिटिजन्सले ९ प्रतिशत नगद, सेन्चुरीले ०.२५ नगद र ४.७५ प्रतिशत सेयर लाभांश दिइसकेका छन् । मेगाले ३.७९ नगद र ४ प्रतिशत बोनस सेयर तथा एनसीसीले ७.६३ नगद र ३.३६ प्रतिशत सेयर बोनस सेयर प्रदान गरेका छन् ।