सुनाखरी न्युज/ काठमाडौं । ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीशहरु सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ गर्दै केन्द्रीय कारागारमा रहेका शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
त्यस्तै १५ दिनभित्र उनलाई आफ्नो देश फर्काउन समेत आदेश दिइएको छ ।