२०८१ आश्विन ६ , आइतवार

चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

 

आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ । २ मिनेट ५२ सेकेण्डको ट्रेलरमा भुतको कथावस्तु देखाइएको छ । हरर थ्रिलर जनारामा बनेको चलचित्रको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ ।

 

एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ । यो चलचित्रलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । सुशन प्रजापतीले छायांकन गरेका चलचित्रलाई यश सैनीले सम्पादन गरेका छन् ।