२०८१ कार्तिक ३० , शुक्रवार

नेपाल टेलिकमको लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८-७९का लागि लाभांश घोषणा गरेको छ।

 

कम्पनी सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा रकममध्येबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोही बैठकले कम्पनीको १५ औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभाले काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट हुनेछ।

सोही सभाले अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।