सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय खेलकु्द परिषद्ले नेपाल शारिरीक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन गरेको छ । राजेशबाबु श्रेष्ठ अध्यक्ष तथा संयोजक रहने गरी महासंघको तदर्थ समिति गठन गरिएको हो ।
समितिलाई तीन महिनाभित्र साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने कार्यादेश दिइएको छ । महासंघभित्र विवाद देखिएपछि राष्ट्रिय खेलकुद परिषदको साउन १५ गते बसेको ११३ औं वोर्ड बैठकले विवाद, समस्या र समाधानको निरुपण गर्नका लागि उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको थियो ।
एउटै प्रकृतिका दुई वटा संघहरुसँग भएको बैठकको छलफलको निष्कर्ष अनुसार एउटै बनाउने सहमति गरेर दर्ता नम्बर ३१ कायम गरिएको थियो । जसअनुसार नेपाल शारिरीक सुगठन तथा फिट्नेश महासंघ नामाकरण गर्ने गरी समितिको सिफारिस वमोजिम तदर्थ समिति बनाइएको हो ।