२०८१ मंसिर १० , सोमवार

बढ्दो ब्याजदरविरुद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका व्यवसायी धर्नामा

सुनाखरी न्युज/ काठमाडौं । बैंकको चर्को ब्याजदरकाविरुद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

 

बजार परिक्रमापछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर शाखाको मूलगेटमा बढ्दो बैंक ब्याजको विरोधमा धर्ना दिँदै । मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघको संयुक्त पहलमा बिहीबार दुई दर्जनभन्दा बढी वस्तुगत संघ संस्थाले विराटनगर बजार बन्दको आह्वान गर्दै नेपाल राष्ट्र बैंकको मूल गेटमा धर्ना दिए । धर्ना कार्यक्रम साँझ पाँच बजेसम्म जारी रहने उनीहरुको भनाइ छ ।

 

उद्योगी व्यवसायीले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत दर दई–दुई प्रतिशत कायम गर्नुपर्ने तथा बैंक र व्यवसायलाई अलग गर्नुपर्ने माग राखेका छन् । उद्योगी व्यवसायीले ब्याजहदर सारो भो गरिखान गारो भो, एकल ब्याजदर कायम गर, तरलता अभाव कम गर, उद्योग व्यवसाय जीवन्त गर लगायतका प्लेकार्ड बोकेका थिए ।