२०८१ आश्विन ६ , आइतवार

अस्करको दौडबाट बाहिर : ऐना झ्यालको पुतली र लोरी

सुनाखरी न्युज / काठमाडौँ   – २२ वर्षयता एकेडेमी अवार्ड अस्करको खडेरीले यो साल पनि निरन्तरता पाएको छ । यो साल नेपालबाट ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र ‘लाइभ एक्सन सर्ट फिल्म’ विधामा मनोनयन पाउन प्रयास गरेको ‘लोरी’ दुवै प्रारम्भिक मनोनयनमा अटाएनन् । बिहीबार यी दुई विधासँगै थप ८ विधामा एकेडेमी अवार्डले प्रारम्भिक सूची सर्ट लिस्ट सार्वजनिक गरेको छ । ‘लोरी’लाई चर्चित फेसन डिजाइनर प्रबल गुरुङले कार्यकारी निर्माताको रुपमा मनोनयनका लागि लबिङ गरेका थिए ।२२ वर्षअघि एरिक भ्याली निर्देशित ‘क्याराभान’ अस्करमा अन्तिम मनोनयनमा पर्न सफल भएको थियो ।

 

त्यसयता अस्कर अवार्डमा नेपालको सहभागिता फिल्म पठाउनमा मात्र सीमित रहँदै आएको छ । यो साल छिमेकी देश भारत र पाकिस्तानले भने ऐतिहासिक सफलता हात पारेका छन् । प्रारम्भिक मनोनयनमा पनि ठाउँ बनाउन नसकेको भन्दै सबैभन्दा धेरै फिल्म बनाउने भारत आलोचकको निशानामा पर्ने गरेको थियो । तर विवाद नै विवादका बीच ‘लास्ट फिल्म सो’ छानिएको थियो ।

 

यो वर्ष अस्करमा पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ र भारतीय फिल्म ‘लास्ट फिल्म शो’ ( छल्लो शो )  मनोनित भएका छन्। त्यस्तै मौलिक गीततर्फ भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ।अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको छ। आगामी जनवरी १२ देखि १७ सम्म पुनस् मतदान गर्दै अन्तिम पाँच मनोनित हुनेछन्।

 

अस्कर अवार्ड समारोह मार्च १२ मा हुनेछ।एकेडेमी अवार्डको ९५ औँ संस्करणका लागि अस्करले बिहीबार १० विधाको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । यसमा डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म, इन्टरनेसनल फिचर फिल्म, मेकअप एन्ड हेयरस्टाइलिङ, ओर्जिनल स्कोर म्युजिक, ओर्जिनल सङ०, एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म, साउन्ड र भिज्युवल इफेक्ट्स गरी १० विधा समावेश छन् । अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको हो ।