सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ ।
केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । पुस ७ गते जारी हुने रिपो आगामी पुस २१ गते परिपक्क हुनेछ । इच्छुक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरूले बिहीबार दिउँसो २ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।