२०८१ आश्विन ६ , आइतवार

‘छक्का पन्जा ४’ फागुन १९ बाट प्रदर्शनमा

सुनाखरी न्युज / फिल्म ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको यो फिल्मको प्रतीक्षामा दर्शक छन । सार्वजनिक भएको उक्त पोस्टरमा दीपक चित्रण छन्। साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ ।

 

आमा सरस्वती मुभिज र आइएमईको ब्यानरमा निर्माण हुने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे माग्ने बुढा, राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।६ एकान ६’ देखि पछिल्लो समय रिलिज भएको ‘६ माया छपक्कै’सम्म आउँदा यो समूहको सबै फिल्मले राम्रो व्यवसाय गरेका छन् । त्यसैले पनि ‘छक्का पञ्जा ४’ को व्यवसाय राम्रो हुने अपेक्षा गरिएको छ ।

समाज भित्रको विभिन्न मुद्दा हाँस्यरससहित फिल्ममा प्रस्तुत गर्न माहिर यो समूहको फिल्म ‘छक्का पञ्जा ४’ को एक पोष्टर सार्वजनिक गरिएको छ । निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले सामाजिक संजाल मार्फत पोस्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उनी उभिएको देखाइएको छ ।

 

पोष्टरले फिल्ममा उनको चरित्र यस अगाडिको फिल्म झै रहेको अनुमान गर्न सकिन्छ । दीपक–दीपाको समूहले यसअघि पोस्टरका लागि फोटोसुट नै गर्ने गरेको थियो । तर, यसपटक यो समूहले पोस्टरमा खासै मिहिनेत गरेको देखिन्न ।मराज बिसिद्वारा निर्देशित चलचित्रलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्। चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ।