सुनाखरी न्युज/ काठमाडौं । जापानमा कोरोना भाइरसको आठौं लहर चलिरहेको छ । यो लहरमा दुई लाख ६ हजार नौ सय ४३ जना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौं लहरमा देशभर दुई लाख ६ हजार नौ सय ४३ जना संक्रमित थपिएका हुन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा संक्रमितको संख्या दुई लाख पुगेको छ । राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना संक्रमित फेला परेका हुन् । टोकियोमा लगातार बिरामी बढेका छन् ।
ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का संक्रमित बढेका छन् । पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ । रासस