२०८१ मंसिर ९ , आइतवार

सर्‍यो पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट

सुनाखरी न्युज/ काठमाडौं । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट एक दिन पछि सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता प्राविधिक कारणले एक दिन पछाडि सरेको जनाएको छ ।

 

अब प्रतियोगिता पुस ९ शनिबारदेखि सुरु हुनेछ । शुक्रबारबाट सुरु हुनु पर्ने प्रतियोगितालाई लिएर ब्यापक अन्योलता रहेको थियो । क्यानले प्रेस विज्ञप्तिमा प्रतियोगितको टुर्नामेन्ट डाइरेक्टरमा वृतान्त खनाललाई नियुक्त गरेको पनि जनाएको छ ।

 

प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको छ र त्यसमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।