सुनाखरी न्युज/ काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ । काठमाण्डौंमहानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल)मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपालप्रा.लि. ले नेपालकैपहिलो के.एफ.सी.Flagship स्टोर सञ्चालनमा ल्याएको हो ।
के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेनको परिकार जस्तै ज्यत बलम Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्दलिन सकिनेछ । नयाँ शाखा सञ्चानल संगै के.एफ.सी.ले क्रिसमस र अंग्रेजीनयाँबर्षको उपलक्षमा KFC Celebration Meal लगायतका नयाँ अफर समेत ल्याएको छ ।
यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनीगरी द्रुत सेवा समेत लिन सकिने छ ।हरेकग्राहकले Customer Display Screen बाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् । २३४०वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरुले सेवालिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ः०० बजे बाट रातको ९:०० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।
साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जालिन सकिनेछ । यस रेष्टुराले १५ जनालाई प्रत्यक्ष रोजगार दिएको छ ।