२०८१ पुष २८ , आइतवार

मेगा बैंकको साधारण सभाबाट नेपाल इन्भेष्टमेण्ट सँगको मर्जरलाई अनुमति

सुनाखरी न्युज/ काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपालइन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृतिप्रदानगर्न विशेष प्रस्तावपारित गरेको छ ।

 

बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं बार्षिक साधारण सभाले मुल्यांकनकर्ताबाट प्राप्तदुबै संस्थाको सम्पत्ति, दायित्वतथाकारोबारको मुल्यांकनप्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंककाशेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्तहुने गरी शेयर आदानप्रदानअनुपात (१००ः९०) मा एक आपसमागाभ्ने÷गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृतिप्रदानगर्न विशेष प्रस्तावपारित गर्ने निर्णय गरेको हो । योसँगै नेपालइन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुबै बैंक एक आपसमागाभिई संयुक्तकारोवार गर्ने, बैंकको नाम नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।

 

साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुबै बैंकको नाम र कामअनुसारको गरिमालाई उचो बनाउनदुबै बैंकमा रहेकाअसल परम्परा संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापनतथा शेयरधनीहरुको जेथा र लाभांशमान्यायोचित वृद्घि र निरन्तरतादिइने विश्वास व्यक्तगर्नुभयो । ‘हामीले “हलोदेखि हाइड्रो” सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेकाथियौं, सोहीअनुरुप सबैभन्दा बढी शेयरधनीभएको बैंक र सबभन्दा बढी रु. २३३ करोड चुक्तापूँजीभएको बैकको रुपमा मेगा बैंक स्थापनाभयो । त्यहीमौलिकतालाई आत्मसातगर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेकाथियौं, मर्जरपछि बन्ने नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु ।’– अध्यक्षशाहले भन्नुभयो ।

 

यसैगरी, साधारण सभाले शेयरधनीहरुकालागिबोनस शेयरसहित७.७९ प्रतिशतलाभांशपारित गरेको छ । आ.व. २०७८÷०७९ सम्म सञ्चितभएको बितरणयोग्य रकम १,२६,३०,५९,५२०.८ं० रुपैंयाबाट हालकायमचुक्तापँुजी१६ अर्ब १२ करोड ४ लाख६१ हजार ४५३ रुपैंया ३६ पैसाको ४ प्रतिशतले हुनआउने रकमअक्षरेपी६४ करोड ४८ लाख१८हजार ४ सय ५८ रुपैंया १३ पैसा बोनस शेयर लाभांश र ३.७९ (राउन्डिङ्गमा) प्रतिशतले हुनआउने रकम रु. ६१ करोड२ लाख४३ हजार २ सय ८० रुपैंया ६६ पैसा नगदलाभांश साधारण सभाले पारित गरेको हो ।

 

साधारणसभालाई सम्बोधनगर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायमप्रमुखकार्यकारी अधिकृत रविना देशराजश्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्मनारा सार्थक र सफलभएको बताउनुभयो । आर्थिक समावेशितालाई प्राथमिकतादिँदै जनताको घरदैलोमा बैंकको सेवा पु¥याई शहरदेखि दूरदराजकागाउँसम्मकाआममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापनाभएको मेगा बैंकले वित्तीयबजारमाउत्कृष्ट छविको परिचयबनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफलभएको उहाँले बताउनुभयो । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसातगर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवाप्रदानगरिरहेको कामु सिइओ श्रेष्ठले बताउनुभयो ।

 

कामु सिइओ श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताउनुभयो ।उहाँकाअनुसार, चालूआर्थिक बर्षको पहिलो त्रैमासिकअवधिसम्म बैंकको कुलनिक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १खर्ब ५७अर्ब ४४ करोड रुपैंया पुगेको छ । यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भइ १खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२लाख रुपैंया खूदमुनाफाआर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियतकर्जा र ५ अर्ब १९ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

 

बैंकलाई थपमजबुतएवं प्रतिस्पर्धी बनाउन,व्यवसायको दायरा एवं आकारमा वृद्घि गर्न, शाखातथा सञ्जालहरुको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको छ । जसअन्तर्गत २०७८÷०७९ मा मेगा बैंकले २१ वटानयाँशाखा र १ वटा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमाल्याई ९ वटा एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नतिगरिएको छ । हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन ।