२०८१ माघ १ , मंगलबार

नेपाल प्रहरीका एसपी भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो । विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।

 

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचारमुद्दा दायर भएको थियो । विशेष अदालतले सफाई दिएसँगै उनको बढुवा भएको थियो । सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको हो ।