२०८१ आश्विन ६ , आइतवार

अभिनेत्री रिश्मा गुरुङ उडिन् अमेरिका

सुनाखरी न्युज/ काठमाडौं । अभिनेत्री रिश्मा गुरुङ ‘कबड्डी’ फिल्मका दर्शकमाझ चर्चित नाम हो । कबड्डीको पहिलो र दोस्रो श्रृंखलामा उनले ‘मैयाँ’ पात्रको भूमिकामा अभिनय गरेकी थिइन् ।

केही समय मिडियाबाट ओझेलमा रहेकी रिश्माले तीन वर्षअघि प्रेम विवाह गरेकी थिइन् । अमेरिकी वायुसेनामा कार्यरत सन्दीप गुरुङसँगको पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनी फिल्मबाट टाढा थिइन् । रिश्मालाई लिएर यतिबेला नयाँ खबर छ ।

उनी पति सन्दीपसँगै अमेरिकातर्फ प्रस्थान गरेकी छन् । सामाजिक सञ्जालमा पति र आफ्नो तस्वीर सेयर गर्दै उनले विदेश उडेको उल्लेख गरेकी छन् ।‘लाहुरै चलियो लाहुरेसँग । फेरि भेटौंला । बाइ बाइ नेपाल,’ उनले फेसबुकमा लेखेकी छन् । विवाहपछि रिश्मा पोखरामा बस्दै आएकी थिइन् ।